logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना सङ्क्रमित दुई जनाको पाटन अस्पतालमा मृत्यु

स्वास्थ्य |


कोरोना सङ्क्रमित दुई जनाको पाटन अस्पतालमा मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २३ गते । ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । मृतकमध्ये ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको डा. शर्माले बताउनुभयो । सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।
अस्पतालका अनुसार मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उहाँलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । निर्देशक डा. शर्माले कोरोना सङ्क्रमणको पुष्टि भएकोमा ४१ वर्षीय महिलाको आज बिहान उपचारकै क्रममा निधन भएको बताउनुभयो ।
यसअघि साउन १६ गतेसमेत पाटन अस्पताल, ललितपुरमा झसिखेल निवासी ६५ वर्षीया महिलाको उपचारकै क्रममा निधन भएको थियो । कोरोना सङ्क्रमणको पुष्टि भएपछि स्टार अस्पताल सानेपाबाट रिफर गरिएको वृद्धको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा निधन भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?