logo
२०८० चैत्र १५ बिहीवार



पर्सामा थप ११६ सङ्क्रमित, कुल सङ्ख्या ७३० पुग्यो

फिचर |
खुला |


पर्सामा थप ११६ सङ्क्रमित, कुल सङ्ख्या ७३० पुग्यो


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन २१ गते । पर्सामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी बुधबार ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको बुधबार बिहान सार्वजनिक गरिएको रिपाेर्टमा अहिलेसम्मकै एकै दिनमा सबैभन्दा बढी ११६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगञ्ज कारागारका कैदीबन्दी, सशस्त्र प्रहरी, नेपाली सेना, वीरगञ्ज महानगरपालिकाका कर्मचारीसहित बुधबार बिहान ११६ जना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

वीरगञ्ज कारागारका २४ कैदीबन्दी, तीन नेपाली सेना, दुई कर्मचारीका बुधबार सङ्क्रमण पुष्टि भएको जेलर श्रवण कुमार पोखरेलले गोरखापत्रलाई बताउनुभयो । यसअघि कारागारका आठ जना कैदीबन्दी, तीन सशस्त्र प्रहरी, चार नेपाल प्रहरी र पाँच जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नं. ४ र वडा नं. १० का नाै/नाै जना , वडा नं. २७ का ८ जना, वडा नं. १५ का तीन जना , वडा नं. १, ८ र ९ का दुई/दुई जना , वडा नं. ३ , २५, २४, १२ र १३ का एक/एक जनामा पनि सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पर्साकै जगरनाथपुर गाउँपालिका-५ र जिराभवानी गाउँपालिका-३ का एक जनामा पनि सङ्क्रमण भेटिएको हो ।
बुधबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा क्वारेन्टाइनमा बसेका, कन्ट्याक्ट ट्रेसिङमा परेका तथा मास ट्रेसिङ र स्व-इच्छाले पैसा तिरेर परीक्षण गराएकाहरू रहेको मेडिकल सुपरिटेन्डेट उपाध्यायले बताउनुभयो ।

बुधबार नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट २४ महिलासहित १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यसमा पर्सा जिल्लाका ११६ जना र बारा जिल्लाको सिमराका १७ जना रहेको मेडिकल सुपरिटेन्डेट उपाध्यायले बताउनुभयो ।

एक सय १६ जना सङ्क्रमित थपिएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ । पर्सा जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । पछिल्लो साउनको २१ दिनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।

पर्सामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु
मङ्गलबार राति आएको परीक्षण रिपाेर्टमा सोमबार मृत्यु भएकी युवतीमा कोरोना सङ्क्रमण देखियो भने वीरगञ्जको गण्डकमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगञ्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना सङ्क्रमण को कारण मृत्यु हुने दुई जना थपिएका हुन् ।
पर्सा जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो भने साउन महिनामा मात्रै पर्सामा १३ जनाको मृत्यु भइसकेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?