logo
२०८१ बैशाख ७ शुक्रवार



बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु ,चार हजार घाइते

अन्तर्राष्ट्रिय |


बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु ,चार हजार घाइते


गोरखापत्र अनलाइन
काठडमाडौँ, साउन २१ गते । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करिब चार हजार घाइते भएका छन् । लेबनानका प्रधानमन्त्री हसन डेबले करिब दुई हजार ७५० टन बराबरको एमोनियम नाइट्रेट विस्फोट भएको र सो वस्तु  गोदाम घरमा विगत छ वर्षदेखि भण्डार रहेको जनाउनुभएको छ ।
विष्फोटपछि बेरुतका अस्पतालहरू घाइतेहरूले भरिएका छन् भने त्यहाँको रेडक्रसले घाइतेको उपचारमा रगत अभाव हुन सक्ने भन्दै रक्तदानका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?