logo
२०८० चैत्र १५ बिहीवार



प्रदेश सरकारका उच्च तहका कर्मचारीसहित विराटनगरमा १८ जनामा सङ्क्रमण पुष्टि

फिचर |
प्रदेश |


प्रदेश सरकारका उच्च तहका कर्मचारीसहित विराटनगरमा १८ जनामा सङ्क्रमण पुष्टि


नवराज कट्टेल
विराटनगर, साउन १९ गते । विराटनगरमा सोमबार १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका उच्च ओहोदाका एकजना व्यक्तिसहित तीनजनाको परिवारलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको हो । विराटनगर वडा नं. ५ का तीन जना, प्रदेश प्रहरी कार्यालय, विराटनगरका सात जना, विराटनगर–७ का चार जना र विराटनगर–६ का एक जना रहेका छन् ।

यसैगरी, विराटनगर-७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष रहेका छन् भने ६ का २४ वर्षीय पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । यसैगरी, कोशी अस्पतालमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा सङ्क्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा सङ्क्रमितको सङ्ख्या १३८ जना पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?