logo
२०८१ बैशाख १२ बुधवार



मुस्ताङमा सुख्खा पहिरो जाँदा कागखोला थुनिएर बाढी आउँदा तीनवटा पुल बगे

प्रदेश |
फिचर |


मुस्ताङमा सुख्खा पहिरो जाँदा  कागखोला थुनिएर बाढी आउँदा तीनवटा पुल बगे


अमृतप्रसाद पौडेल

बेनी, साउन १८ गते । मुस्ताङको बाह्रगुङ मुक्तक्षेत्र गाउँपालिका–२, झोङमा सुख्खा पहिरो गएर कागखोला थुनिएपछि बनेकाे ताल फुटेर तीन वटा पुल बगेका छन् ।
शनिबार साँझ साढे ६ बजे पहिरो गएपछि ८ बजेसम्म कागखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ।

कागखोलामा बाढी आउँदा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ र २ को सिमाना रहेको झोङ र खिङ्खा जोड्ने, खिङ्गा र कुटाक तथा बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनी वारिपारि गर्नेगरी तीन वटा काठले बनेका पुल बाढीले बगाएको छ । माववीय क्षति नभए पनि पुल बगाउँदा आवतजावतमा समस्या भएको प्रजिअ अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार पहिरोले थुनिएको खोलाको ताल फुटेर आउँदा हिन्दू धर्मावलम्बीहरूले पितृकार्य अर्थात् श्राद्ध गर्ने कागबेनीकै श्राद्धस्थलमा क्षति पुगेको छ । त्यस्तै, पहिरोले कागबेनी–झोङ–मुक्तिनाथ सडक खण्डसमेत अवरुद्ध भएको प्रजिअ अर्यालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?