logo
२०८१ बैशाख १३ बिहीवार



उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि

फिचर |


उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १७ गते । वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेकी ती महिलालाई निमोनियाजस्तो देखिने लक्षण देखिएपछि महिलालाई उपचारको लागि साउन १४ गते गण्डकको वयोधा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । साउन १६ गते बिहान सबा १० बजे उपचारको क्रममा मृत्यु भएको थियो । उपचारको क्रममा मृत्यु भएकी ती महिलाको मृत्यु भइसकेपछि पीसीआर रिपाेर्ट पोजिटिभ आएको हो । योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताउनुभयो ।

छ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेको उपचारपश्चात कोरोनामुक्त भएर छ जना डिस्चार्ज भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरजकुमार सिंहले आज शनिबार कोरोनालाई जितेर सङ्क्रमणमुक्त भएका छ जना डिस्चार्ज भएको जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएपछि साउन ७ गते कोभिड अस्पताल भर्ना भई उपचार गराइरहेका एक जना र साउन ८ गतेदेखि अस्पतालमा उपचार गाराइरहेका पाँच जना आज शनिबार डिस्चार्ज भएको डा. सिंहले जानकारी दिनुभयो । डिस्चार्ज भएकाहरूमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको डा. सिंहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?