logo
२०८१ बैशाख १३ बिहीवार



अछामको रामारोशनको एकै वडामा तीनसय घर पहिरोको जोखिममा

फिचर |
प्रदेश |


अछामको रामारोशनको एकै वडामा तीनसय घर पहिरोको जोखिममा


शिवराज ढुंगाना
अछाम, साउन १५ गते । दुई दिनदेखिको अविरल वर्षाका कारण कालिकोटसँग जोडिएको रामारोशन गाउँपालिकामा एकै वडामा तीनसयभन्दा बढी घर पहिरोको जोखिममा परेका छन् । रामारोशन गाउँपालिका–५ काअल्लेडीका २५० घर, आडेखाँदका ५० घर, र नेटाकोटका ११ र सल्लीसैनका पाँच घरसहित३१७ घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिनुभयो ।
अल्लेडी टोलमापहिरोको अतिजोखिममारहेका ३८ घरपरिवार लेकमा रहेकाखर्कमा सारिएको छ । सल्लीसैनमा रहेकापाँच घर पहिरोको उच्चजोखिम भएपछि सोही वडाको नागरिक सचेतना केन्द्रको भवनमा सारिएको वडा अध्यक्ष परियारको भनाइ छ ।
“गाउँको माथि र तलबाट फुटिसकेकोले गाउँ नै निकै जोखिममा छ ।” अध्यक्ष परियारले भन्नुभयो । अहिले पानी रोकिएपनि अल्लेडी गाउँको तलबाट पहिरो बगिरहेको बताइएको छ । मंगलबार राती र बुधबार दिउसो आएको पानीले सोही वडाको जिङ्नेरवाभन्ने स्थानका१२ जनाका २० खेत पुरै बाढीले बगाएको छन् । चारवटा झुलुङ्गे पुल समेत बग्ने अवस्थामा पुगेको र छन् भने बाढीले स्थानीयका नौवटा घट्ट समेत बगाएको छ ।
सोहीगाउँपालिका–४ खिराकाट्या र खौलाटोलका१२ घरजोखिममा रहेको वडा अध्यक्ष केशबहादुर बटालाले जानकारी दिनुभयो । पहिरोकै कारण तडेरवा र गोगनछडा लघुजलविद्युत पूर्ण रुपमा अवरुद्ध भएको बताइएको छ । वडाको स्वास्थ्यचौकी र दुई विद्यालय जोखिममा छ । स्थानीय २६ जना दलित परिवारका२१३ रोपनीजग्गा बगरमा परिणत भइसकेको छ वडा अध्यक्ष बटालाको भनाइ छ ।
गाउँपालिकाको कार्यालय सहित मुजाबगरमा २५ घर र वडा नम्बर १ को गज्जडबजारमा १५ घर कैलाश खोला नदीको उच्चजोखिममा रहेको उपाध्यक्ष सरस्वती रावलको भनाइ छ । गाउँपालिका–३ शान्तडाको खालबजारमा एक, शान्तडा बजारमापाँच घर समेत जोखिममा रहेको बताइएको छ । वर्षाका कारण घर भत्किएपछि वडा नम्बर ६ काविरमले साउँद छिमेकीको घरमा बसिरहेका छन् । रामारोशन गाउँपालिकामा रहेका ११ लघुजलविद्युत केन्द्र मध्येमा नौ जलविद्युत केन्द्र वर्षाकाकारण अवरुद्ध भएकाबताइएको छ । क्षतिभएको विवरण संकलनमा सम्बन्धित स्थानतिरै रहेकोले शुक्रबार पूर्ण विवरण आउने र त्यसपछि उचित निर्णय लिइने उपाध्यक्ष रावलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?