logo
२०८० चैत्र १५ बिहीवार



बन्दाबन्दीले सिकाएको चित्रकला

कला |


बन्दाबन्दीले सिकाएको चित्रकला


गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १४ गते । नाम जस्तै प्रतिभाकि धनि हुनुहुन्छ शुभश्री तिम्सिना । लजालु स्वभावको उहाँ आफूले जानेको प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ ।
पाँच वर्षमा प्रवेश गर्नुभएकी तिम्सिना संस्कृतका श्लोकहरु प्रष्ट वाचन गर्नुहुन्छ भने चित्रकलामा पनि पोख्त हुनुहुन्छ ।
तिम्सिना भन्नुहुन्छ, बन्दाबन्दीका कारण मैले घरमा राम्राराम्रा कुरा सिक्न पाएकी छु । कोरोनाबाट बच्ने उपाय अनि संस्कृतका श्लोक पनि सिकेकी छु ।
अरु बालकालिका कार्टुन तथा युट्युवमा भिडियो हेर्न रुचाउने बेला शुभश्री भने टिभीमा आउने रामायण, महाभारत र श्रीकृष्ण हेर्न धेरै मन गर्नुहुन्छ ।
घरमा आमा र हजुरबुबाबाट संस्कृतको श्लोक सिक्नुभएकी उहाँलाई सरस्वती बन्दना, गायत्री मन्त्र, गुरु बन्दना भन्न सिपालु हुनुहुन्छ ।
तिम्सिना भन्नुहुन्छ, मलाई संस्कृत भाषामा श्लोक पढ्न धेरै मनपर्छ भने चित्रकलामा विशेष रुचि छ । म जुन कुरा पनि चित्रमार्फत वर्णन गर्ने गर्छु ।
कोरोनाबाट कसरी सुरक्षित हुनुपर्छ भन्ने ज्ञानका कुरा घरमा पनि सबैलाई सिकाउन अगाडि सर्नुहुन्छ उहाँ । सबैलाई साबुन पानीले हात धोएर मात्र खानुपर्छ भेनेर सिकाउने गर्नुहुन्छ ।
आमा संगिता ओझा भन्नुहुन्छ, छोरीको इच्छा र चहानालाई पूरा गर्ने हरेक आमाबुवाको कर्तब्य हो । तर हाम्रो समाजमा अहिले पनि छोरीलाई भन्दा छोरालाई नै प्राथमिकता दिइरहेको पाइन्छ ।
यो समाजमा छोरीलाई अगाडि बढाउन नै छोरीको इच्छामा आफूले सक्दो सहयोग गरेको धारणा ब्यक्त गर्नुभयो ।
उहाँले आफ्नो छोरीले कुनैपनि काम गर्न रुचाउने जानकारी दिदै चित्रकला राम्रो भएको हुनाले आर्टमा नै केही गर्छिन जस्ता लाग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?