logo
२०८१ बैशाख १३ बिहीवार



म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए,  कुल सङ्ख्या २५ पुग्यो

फिचर |
स्वास्थ्य |


म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए,  कुल सङ्ख्या २५ पुग्यो


अमृतप्रसाद पौडेल
बेनी, साउन १२ गते । म्याग्दीमा थप तीन जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै सङ्क्रमितहरूको सङ्ख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित तीनैजना पुरुष हुन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरू दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा परीक्षण गर्दा डेङ्गु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो तथ्याङ्कअनुसार मङ्गला गाउँपालिका–१, कुहुँका ४१ वर्षीय एक पुरुष, धौलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनी नगरपालिका–४, सिङ्गा बस्ने १९ वर्षीय पुरुष र बेनपा–४, सिङ्गाका २५ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण पोजिटिभ पाइएको उहाँले जानकारी दिनुभएको छ ।
वर्षातकाे समयमा पानी परेसँगै सङ्क्रमितहरू बढ्ने गरेको सूचना अधिकारी सुवेदीको भनाइ छ । हालसम्म म्याग्दीको बेनी नगरपालिकाका १४ जना, मङ्गला गाउँपालिकामा ८, रघुगङ्गामा दुई र अन्नपूर्णका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?