logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्क्रमण फैलिएको आशङ्कामा प्रदेश प्रहरी कार्यालयमा आउजाउ बन्द

फिचर |
प्रदेश |


सङ्क्रमण फैलिएको आशङ्कामा प्रदेश प्रहरी कार्यालयमा आउजाउ बन्द


नवराज कट्टेल
विराटनगर, साउन ९ गते । प्रदेश १ प्रहरी कार्यालय, विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण प्रहरी नायब महानिरीक्षक (डिआईजी) कार्यालयमा बाहिर र भित्रको आउजाउ बन्द गरिएको हो । प्रहरी उपरीक्षक एवम् प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबैलाई क्वारेन्टीनमा आइसोलेट गरिएको हो ।

'प्रहरी कार्यालय परिसरको दैनिक कामकाज अनलाइन प्रणालीबाट मात्रै हुनेछ', प्रवक्ता पोखरेलले भन्नुभयो, 'भित्रका भित्रै र बाहिरका बाहिरै अवस्थामा बसेका छौँ ।' प्रदेश प्रहरी कार्यालय परिसरमा कुनैपनि नागरिकलाई प्रवेश दिइएको छैन भने कोठा भाडामा बस्दैआएका प्रहरीलाई समेत कोठामै सीमित रहन निर्देशन दिइएको छ ।

प्रदेश १ प्रहरी कार्यालयमा १६० जनाको दरबन्दी रहेको छ । कार्यालयमा कार्यरत १४३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । 'परीक्षण रिपोर्ट आएको छैन', प्रवक्ता पोखरेलले भन्नुभयो, 'घोषित रुपमा सिल गरिएको हैन तर अघोषित रुपमा कार्यालयका कुनैपनि गतिविधिका लागि आउजाउ रोकिएको छ ।'

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक जनालाई बुधबार र चार जनालाई बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरूको सम्पर्क पहिचानका आधारमा लिइएको स्वाबको नतिजा आइसकेको छैन तर कोरोना सङ्क्रमणको लक्षण देखिने रुघा तथा खोकीले धेरैलाई सताइसकेको छ ।
कार्यालयभित्रका संरचनामा आपतकालीन कार्य सञ्चालन सुविधाका लागि चार–पाँच जनाको दरले जिम्मेवारी छुट्याएर कार्यालयसमेत अलग्याइको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?