logo
२०८० चैत्र १६ शुक्रवार

  पहिरो खसेको हेर्न पुगेकालाई पहिरोले पु-याे  



एकको मृत्यु, तीन बेपत्ता, दुई जनाको उद्धार

पढ्नै पर्ने |


एकको मृत्यु, तीन बेपत्ता, दुई जनाको उद्धार
सांकेतिक तस्बिर


अर्जुन काफ्ले

स्याङ्जा, असार ३० गते । पाँच दिनदेखिको अविरल वर्षासँगै खसेकाे पहिरो गएको स्थलगत निरीक्षणमा गएकाहरूलाई पहिरोले पुरेको छ । पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका-४, खहरेमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्धार गरिएको छ ।

लगातारको वर्षासँगै पहिरो गएकोबारे जानकारी लिन पुगेका उनीहरूलाई अर्कोतर्फबाट अर्काे पहिरो आएर आएको पहिरोले पुरेको थियो । पहिरोमा पुरिएर ७० वर्षीया इमान सिंह थापाको निधन भएको हो भने प्रेम चन्द्र पाण्डे, टीका थापा र गिमानसिंह थापा बेपत्ता रहनुभएको छ ।

पहिरोले वडा सदस्य होमनाथ पाण्डे र वीरबहादुर राना घाइते हुनुभएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो ।  बेपत्ता खोजी तथा उद्धार जारी रहेको उहाँले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?