logo
२०८० चैत्र १६ शुक्रवार



यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |


यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती (फोटो फिचर)


काठमाडौँ, असार २९ गते । आज असार २९ गते, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस सङ्क्रमणको कारण यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

भाषा विचार आचारप्रदानको सशक्त माध्यम मात्र होइन । यो संस्कृतिको संवाहक पनि हो । यसैले आदिकवि भानुभक्त आचार्यको भाषा साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान देखिन्छ । उहाँकाे योगदानलाई सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने विज्ञ बताउँछन् । बर्सेनि भानुको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागिपर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी हो । महान् व्यक्तिको गुणगान मात्र नगरी गुणग्रहण गर्नु दूरगामी महत्वको विषय हो ।

तस्बिरः सुजन गुरूङ/गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?