logo
२०८१ बैशाख ७ शुक्रवार



भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टि

फिचर |
अन्तर्राष्ट्रिय |


भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो ।
ट्वीटमा उहाँले आफूमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गर्नुभएको छ ।
तर उहाँका छोरा अभिषेक बच्चनले पनि केही बेरमा ट्वीट गरी आफू पनि सङ्क्रमित भएको जानकारी दिनुभएको छ ।
उहाँहरू दुवै जनालाई मुम्बइको नानावती अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उहाँमा सामान्य खालको लक्षण देखिएको जनाउनुभएको छ । अमिताभले उहाँसँग दश दिनअघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?