logo
२०८० चैत्र १६ शुक्रवार



चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता

अन्तर्राष्ट्रिय |


चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता
तस्विर–चाइना डेली हङकङ


बेइजिङ
असार २६ गते। चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरूले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गर्नुभएको छ ।
चिनियाँ विदेशमन्त्री पाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उहाँहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ । हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उहाँहरूले यसै विषयमा सो सन्देश आदान प्रदान गर्नुभएको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । सो वार्ताका क्रममा उहाँहरूबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।
उहाँहरूबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?