logo
२०८१ बैशाख १३ बिहीवार



अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो

फिचर |
प्रदेश |


अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो



शिवराज ढुङ्गाना
अछाम, असार २४ गते । सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ ।
नगरपालिकाको शिक्षा, कृषि शाखाका एक जना र एकजना टिप्पर ड्राइभरलाई कोरोना देखिएको हो । नगरपालिकाकाले तीनै जनालाई आइसोलेसनमा पठाइसकेको छ भने कार्यालय भने सामान्य रुपमा चलिरहेको छ ।
यसअघि कोरोना पुष्टि भएका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष, एक स्वास्थ्यकर्मी र पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मी आइसोलेसन कक्षमा रहुनुभएकाे छ ।
मङ्गलसेन नगरपालिकाका नौ जना, पञ्चदेवल विनायक नगरपालिकाका आठ जना र साँफेबगर नगरपालिकामा एक जना थपिएपछि अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको हो । यसअघि अछाममा ५८५ जनामा कोरोना पुष्टि भइसकेको छ ।

स्वाब परीक्षणका क्रममा साँफेबगर नगरपालिकामा १५० जना, रामारोशन गाउँपालिकामा १०४, मेल्लेख गाउँपालिकामा १०१ जना, मङ्गलसेन नगरपालिका ६८ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । यस्तै चौरपाटी गाउँपालिकामा ५० जना, ढकारी गाउँपालिका २८ जना, कमलबजार २५ जना, तुर्माखाँद गाउँपालिका २३ जना कोरोना सङ्क्रमित फेला परेको कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । थ्रोट स्वाब सङ्कलन गरेर पठाइएकोमा केही नमुनाको पीसीआर परीक्षण हुन बाँकी रहेको बताइएको छ ।

डिस्चार्ज
अछाममा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाँकीमा सामान्य लक्षण भएकोले अधिकांशकाे सम्बन्धित स्थानीय तहको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । चौरपाटी गाउँपालिकाका ४९ जना, मेल्लेखका २२ जना, मङ्गलसेन नगरपालिकाका १५ जना, रामारोशन गाउँपालिका दुई जना, कमलबजार र पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकाका एक/एक जनाले कोरोना जितेका सूचना अधिकारी जोशीको भनाइ छ । कोरोना सङ्क्रमण हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका बताइएको छ ।

उपचारका क्रममा मृत्यु भएका रामारोशन गाउँपालिकाका एक जनामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दशवटै स्थानीय तहमा एक हजार १६३ जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?