logo
२०८० चैत्र १६ शुक्रवार



पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैयाैँ बेपत्ता भएको आशङ्का

अन्तर्राष्ट्रिय |


पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैयाैँ बेपत्ता भएको आशङ्का


याङ्गुन
असार १८ गते । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भीषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । म्यानमारको अग्नी सेवा विभागका अधिकारीहरूद्वारा जारी प्रेस विज्ञप्तिमा क्षतिको विवरण खुलाइएको छ । हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भीषण पहिरो आएको बताइएको छ । खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरूलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ ।
सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो । बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरूले जनाएका छन् । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?