logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

अन्तर्राष्ट्रिय |


पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर


इस्लामाबाद, असार १६ गते।
मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ ।

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध ९आईएसपीआर० लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, “मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको छ ।” उहाँ पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरलाई पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाउनुभएको छ ।

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ ।

उहाँ मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बन्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?