logo
२०८१ बैशाख १२ बुधवार



पोखरामा सातसहित गण्डकीमा १७ सङ्क्रमित थपिए, कुल ९६६

फिचर |
राष्ट्रिय |


पोखरामा सातसहित गण्डकीमा १७ सङ्क्रमित थपिए, कुल ९६६


तारा चापागाईं दुबे
पोखरा, असार १६ गते । मङ्गलबार पोखरामा सातसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित १७ जना थपिएका छन् । योसँगै सङ्ख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मङ्गलबार बिहान कोरोना पुष्टि भएको हो ।

तनहुँको ब्यास नगरपालिकाका तीन पुरुष र दुई महिला, स्याङ्जाको पुतलीबजारका एक पुरुष, लमजुङको बेँसीसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १/१ महिलामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, कास्कीको मादी गाउँपालिकाका एक पुरुष, पोखरा महानगरपालिकाका छ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २१४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाले दुई पुरुषको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?