logo
२०८१ बैशाख ११ मंगलवार



कोशी अस्पतालबाट थप १४ जना कोराना जितेर डिस्चार्ज

फिचर |
समाज |


कोशी अस्पतालबाट थप १४ जना कोराना जितेर डिस्चार्ज



नवराज कट्टेल
विराटनगर, असार १५ गते । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचारत झापाका छ, मोरङका चार, सुनसरीका तीन र पाँचथरका एक जनाले कोरोना भाइरस परास्त गरी सोमबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा विराटनगर १० की आठ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म उनीहरू भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

यसैबीच प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ३९२ पुगेको छ । प्रदेश १ मा आज सात जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा एक जना महिला, उदयपुरको ताप्लीका दुई पुरुष, खोटाङ दिक्तेलका दुई महिला र दुई पुरुष रहेका छन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५६७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?