logo
२०८० चैत्र १६ शुक्रवार



विश्वभरि एक करोड सङ्क्रमित, मृतक पाँच लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वभरि एक करोड सङ्क्रमित, मृतक पाँच लाख नाघ्यो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १५ गते । कोरोनाभाइरस महामारीले विश्वका पाँच लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । चीनमा गत वर्ष डिसेम्बर महिनामा पहिलो पटक देखापरेको सार्स–कोभ–२ को सङ्क्रमण विश्वका एक करोड व्यक्तिमा सरेको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार सङ्क्रमितमध्ये पचास प्रतिशत संयुक्त राज्य अमेरिका र युरोपका छन् । यद्यपि अमेरिकामा सङ्क्रमण फैलने क्रम अझै रोकिएको छैन । दक्षिण एसिया र अफ्रिकामा समेत सङ्क्रमण फैलिँदो क्रममा छ ।

पछिल्लो छ दिनमा मात्रै दश लाख व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै करिब २५ लाख व्यक्ति सङ्क्रमित छन् । एक लाख २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकी राज्यहरूमा फेरि लकडाउन गरिएको छ । टेक्सस, फ्लोरिडा र अन्य राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा फैलिँदा सतर्कताका उपायहरू सशक्त बनाइएका छन् ।

ब्राजिल दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो । ब्राजिलमा १३ लाख सङ्क्रमित छन् । त्यहाँ ५७ हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । बढ्दो सङ्क्रमणका बीच रियो दि जेनारियोले जुलाइ १० देखि खेलमैदान पुनः खुला गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?