logo
२०८१ बैशाख १३ बिहीवार



 मकवानपुरको राक्सिराङका सबै वडामा हेलिप्याड

फिचर |
समाज |


 मकवानपुरको राक्सिराङका सबै वडामा हेलिप्याड
हेलिप्याडमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण प्रजा


राममणि दाहाल

हेटौँडा, असार १२ गते । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकाका नौ वटै वडामा हेलिप्याड निर्माण गर्ने गाउँपालिकाको नीति, कार्यक्रम र बजेटमा प्रतिबद्धता गरिएअनुसार सबै वडामा हलिप्याड निर्माण सम्पन्न भएको हो ।

जिल्लाकै विकट र सडक सञ्जालसँग नजोडिएको गाउँपालिकामा प्राकृतिक एवं अन्य विपद् पर्दा तत्काल उद्धार र राहत पु¥याउन भन्दै गाउँपालिकाले छैटौँ गाउँ सभाबाट नीति तथा कार्यक्रम र बजेट ल्याउँदा सबै वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफूहरु निर्वाचित हुनेक्रममा गाउँपालिकाको सबै वडालाई यातायातको सञ्जालले जोड्ने प्रतिबद्धता गरेअनुसार सबै वडामा हिलप्याड निर्माण गरी जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गरेको जानकारी दिनुभयो । गाउँपालिकाको सबै वडालाई सडक सञ्जालले जोड्ने गरी काम गरिरहेका छौ, बजेट अभाव छ, स्थानीयका विकासका अन्य प्राथमिकताहरु पनि छन् उहाँले भन्नुभयो, हेलिप्याड निर्माणपछि प्राकृतिक प्रकोप वा मानवीय समस्या हुँदा उद्धारसँगै राहत पु¥याउन सहज हुने छ ।

उहाँले भन्नुभयो, गर्भवती महिलालाई तत्काल सुत्करी गराउनु पर्दा वा विरामी र घाइतेको उद्धार गरी अस्पतालसम्म लैजान सडक पहुँचको अभावमा अकालमा मृत्युसँगै समस्या हुँदै आएकोमा हेलिप्याड निर्माणपछि उद्धार र राहतमा सहयोग पुग्ने विश्वास लिएका छौ ।

नौ वटा वडा रहेको गाउँपालिकाले पाँच लाख रुपियाँको लागतमा हेलिप्याड निर्माण गरेको हो ।
सबै वडाका लागि हिलिप्याड निर्माण गर्न ५०–५० हजार रुपियाँ विनियोजन गरिएकोमा वडा नम्बर ४ का विकट र बढी जमिन खार्नुपर्ने भएकोले एक लाख रुपियाँ लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका विभिन्न स्थानमा भर्खर निर्माण गरिएका सडक वर्षाको समयमा नचल्ने र समस्या पर्दा राहत र उद्धारामा समस्या पर्ने भएपछि गाउँपालिकाले हिलेप्याड निर्माण गरेको भन्दै मल्लले भन्नुभयो, आफ्नो सबै वडामा नागरिकको सहजताका लागि हेलिप्याड निर्माण गर्ने राक्सिराङ सम्भवत पहिलो स्थानीय तह होला ।

तामाङ र सिमान्तकृत चेपाङ समुलयको बसोबास रहेको जिल्ला कै दुर्गम गाउँपालिका राक्सिराङका बासिन्दा बर्सेनि खाद्यान्न अभावको समस्या झेल्दै आएका छन् ।
गाउँपालिकाको वडा नम्बर १ मा दुङ्गुदोभान, वडा नम्बर २ को कुँडुलेचौर, वडा नम्बर ३ को पलाँसेचौर, वडा नम्बर ४ को भीमलटार, वडा नम्बर ५ को बोटबारी, वडा नम्बर ६ को खर्कनेटार, वडा नम्बर ७ को तल्लो गर्लिन, वडा नं. ८ को देवीटार र वडा नम्बर ८ को डण्टारमा हेलिप्याड निर्माण भएको छ ।

गत एक वर्ष आफ्नो गाउँमा विषालु च्याउ खाएर तीन जनाको मृत्यु हुने गरी भएको घटनामा जोखिममा परेकाहरुलाई उद्धार गरी लैजान हेलिकप्टर ल्याउँदा हेलिप्याडको अभावमा अवतरण गराउन समस्या भएको स्मरण गर्दै गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर प्रजा अब हेलिप्याड निर्माणपछि सहज हुने बताउनुहुन्छ ।

विरामी भएर उपचारका लागि गाउँमा अपर्झट पर्दा वा सुत्केरी गराउन लैजानु पर्दा हेलिप्याड निर्माणपछि सहज हुने भन्दै वडाध्यक्ष प्रजाले सडक नपुगेको र विकट भएकोले हेलिप्याड भएपछि मन्त्री, नेता वा अध्ययन अवलोकन गर्न आउनेसमेतलाई सहयोग पुग्ने बताउनुभयो । जङ्गली विषालु च्याउ खाएर एकै परिवारका दुई छोरा र एक छोरीको मृत्यु भएको थियो ।
उहाँले भन्नुभयो, गाउँपालिकाको एक वडा, एक हेलिप्याड निर्माण गर्ने गाउँपालिकाको नीतिगत निर्णयअनुसार सबै वडामा हेलिप्याड निर्माण गरिएको हो ।

स्थानीय दीपबहादुर प्रजाको छोरीको घरमा नै र दुई छोरोका हेलिकप्टरबाट उद्धार गरी भरतपुरमा लगिएको दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजा विपन्न चेपाङ समुदायका मृतकका परिवारलाई राहतका लागि बाग्मती प्रदेश सरकारसँग पहल गर्दा एक वर्ष हुँदासमेत उपलब्ध नभएको बताउनुभयो ।

यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रसिंह प्रजा वर्षा लागेपछि गाउँमा लाग्ने पहिरोसँगै मनहरीलगायतका स्थानीय खोलामा खोलामा आउने बाढीले आवतजावत गर्न समस्या पर्ने भन्दै हेलिप्याड निर्माणपछि समस्यामा परेकालाई उद्धारमा गर्न सहज हुने छ भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?