logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु


ढाका, जेठ २० गते। बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । बङ्गलादेशको कोक्स बजारस्थित एक जना वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।
ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरूलाई अस्थायी शिविरमा राखिएको छ । हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरू रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?