logo
२०८० चैत्र १६ शुक्रवार



नाम्खा गाउँपालिकालाई चीनले स्वास्थ्य सामग्री सहयोग गर्ने

फिचर |
प्रदेश |


नाम्खा गाउँपालिकालाई चीनले स्वास्थ्य सामग्री सहयोग गर्ने
हिल्सामा दुई देशका स्थानीय अधिकारीबीच छलफल हुँदै ।


राजन रावत
सिमकोट जेठ १९ गते । चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकालाई चीनको बुराङ काउण्टीको स्थानीय सरकारले कोरोनाविरुद्धका सामग्री सहयोग गर्ने भएको छ । सिमाना हिल्सामा दुवै देशका स्थानीय सरकारका प्रतिनिधिहरूबीच भएको छलफलमा चिनियाँ पक्षले सामग्री सहयोग गर्ने जनाएको हो ।

हिल्सामा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा नेतृत्वकाे नेपाली टोली र चीनको पुराङ काउण्टीको अली जिल्लाको सिडिओबिच हिल्सामा भएको दुई पक्षबिचको छलफलमा चिनियाँ पक्षले नाम्खा गाउँपालिकालाई कोरोनाविरुद्धको औषधि उपकरण तथा सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका्े प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बताउनुभयो ।

चिनियाँ पक्षले आवश्यक कोरोनाविरुद्धका औषधि र सामग्रीको नामसूचीसहित लिखित रुपमा माग गर्नसमेत अनुरोध गरेको उहाँले बताउनुभयो । चीनले सहयोग गर्ने सामानमा कोरोनाविरुद्धका औषधि, स्यानिटाइजर, ग्लोब, मास्क, पिपिई, थर्मल गन, थर्मोमिटरलगायत उपकरण र सामग्री रहेका छन् ।

यसअघि पनि चीनले सीमा जोडिएका जिल्लाका स्थानीय तहहरूलाई सहयोग गर्दैआएको थियो । अहिलेको विपदको बेला चिनियाँ पक्ष सहयोग गर्न तयार रहेको र आवश्यक पर्ने सामानको सूची तयार गरी लिखित माग गर्न सिडिओले अग्रह गर्नुभएकाे उहाँले बताउनुभयो ।

दुवै पक्ष दुई बन्द गरिएको ढोकाको दुईतिर बसेर छलफलमा जुटेका थिए । बोल्नलाई माइकको व्यवस्था गरिएको थियो । दुवै पक्षका भाषाको अनुवाद गर्न एक जना चिनियाँ, हिन्दी र अङ्ग्रेजी भाषाका जानकार निग्माले सहयोग गर्नुभएको थियो । नेपाली पक्षमा सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको पनि उपस्थिति रहेको थियो । कोरोना सङ्क्रमणपछि दुई देशको सिमाना हिल्सामा पहिलो पटक अनौपचारिक छलफल भएको हो ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?