logo
२०८० चैत्र १६ शुक्रवार



दाङमा भेटियो एकैदिन १५ जनामा कोरोना सङ्क्रमण

फिचर |
खुला |


दाङमा भेटियो एकैदिन १५ जनामा कोरोना सङ्क्रमण



टीकाबहादुर बस्नेत
दाङ, जेठ १४ गते । दाङमा एकैदिन १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बुधबार रुकुम पूर्वका ३ जनासँगै घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

जिल्लाको घोराही उपमहानगरपालिका–१८ मा २४, २५, ४० र ४२ वर्षीय पुरुषमा र घोराही–१० का ४० वर्षीय दुई जनामा र ३४ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो ।

त्यस्तै लमही नगरपालिकाअन्तर्गत वडा–१ मा २६ वर्षीय एकजना, वडा –२ मा १७ र ३० वर्षीय दुई जना, वडा–४ मा २६ वर्षीय एकजना, वडा –५ मा २०, २० र २३ वर्षीय गरी तीन जना पुरुष र वडा–६ मा १८ वर्षीय एक युवामा कोरोना सङ्क्रमण देखिएको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै लमही–५ मा फेला परेकी २० वर्षीया युवती हुन् । फेला परेका नयाँ सङ्क्रमित सबै केहीदिन अघि छिमेकी देश भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकाहरू हुन् । यसअघि दाङका ५ जनामा सङ्क्रमण देखिएको थियो । त्यसमध्ये तुलसीपुरका एक सङ्क्रमित भने निको भएर घर आइसकेका छन् ।

यसैबीच, रुकुम पूर्वमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश नम्वर ५ अन्तर्गतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा–१४ का १५, १८ र २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये रुकुम पूर्वकी १५ वर्षीया एक किशोरी छिन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको परिक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । बुधबार पिसिआर विविधबाट परिक्षण गरिएका १ सय ३६ वटा नमुनामध्ये १ सय १८ वटाको नेगेटिभ र १८ जनाको पोजेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?