logo
२०८० चैत्र १६ शुक्रवार



आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

फिचर |
राष्ट्रिय |


आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?