logo
२०८१ बैशाख ७ शुक्रवार



सङ्क्रमित शिक्षकको शव उठाइयाे, कार्यविधि अनुसार व्यवस्थापन गरिँदै

प्रदेश |


सङ्क्रमित शिक्षकको शव उठाइयाे, कार्यविधि अनुसार व्यवस्थापन गरिँदै


दीपक ज्ञवाली
बुटवल, जेठ ९ गते । बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना सङ्क्रमितको शव उठाइएकाे छ । कोरोना कार्यविधि अनुसार व्यवस्थापन गर्ने गरी स्थानीय प्रशासनको पहलमा दुई दिनमा शुक्रबार शव उठाइको हो ।
जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका ४१ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यहरूले छानबिन नगरी शव नबुझ्ने अडान लिएपछि शव उठाउन ढिलाइ भएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार शवलाई नेपाल प्रहरीको सहयोगमा तिलोत्तमाको वडा नं. १ स्थित शङ्करनगर वन क्षेत्रमा दाहसंस्कार गर्ने सहमति गरी शव उठाइएको हो ।
शवलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे लामो छलफल र प्रयास भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?