logo
२०८० चैत्र १५ बिहीवार



दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु


सोल, जेठ ७ गते । दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरू पुनः सञ्चालन गर्न थालिएको हो ।

देशभरि बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरू सञ्चालन हुन थालेको अधिकारीहरूले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नुअघि शिक्षक तथा विद्यार्थीहरूको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरू अपनाउने लगायतका प्रक्रिया लागु गर्नैपर्ने व्यवस्था गरिएको उनीहरूको भनाइ छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरू नयाँ तरिकाले सञ्चालन गर्न लागिएका छन् । रोगको डरले लामो समय लकडाउनसमेत लगाइएकाले विद्यार्थीको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले सञ्चालन गर्न थालिएका शिक्षालयहरूमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरू पहिलाभन्दा फरक रहेको विद्यार्थीहरूले बताएका छन् ।

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्नेगरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्कने स्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्धेश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाई छ ।

अहिले उच्चशिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि मात्रै अध्ययन अध्यापन कार्य सञ्चालन गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनीहरूले साना उमेरका विद्यार्थीहरूका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य शुरु गराइने जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप