logo
२०८१ बैशाख ८ शनिवार



इलामको नामसालिङमा आगलागी तीन घर जले

फिचर |


इलामको नामसालिङमा आगलागी तीन घर जले


प्रेम अधिकारी
पशुपतिनगर(इलाम) बैशाख ३० गते ।  इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन ।
सोमबार राती भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन ।
आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा भत्काईएको छ । राती कविर १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षती बिबरण संकलन भैरहेको जानकारी दिनु भएको छ ।
आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगारपालिकाका दमकल मगाईए पनि नआएको स्थानीयले बताएका छन् । आगलागिको कारण खुल्न सकेको छैन ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?