logo
२०८० चैत्र १६ शुक्रवार



प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउँछ : अर्थमन्त्री

अर्थ |
मुख्य समाचार |
फिचर |


प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउँछ : अर्थमन्त्री


गोपालचन्द्र सुवेदी
काठमाडौं वैशाख २७ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट कोभिड १९ रोकथामका लागि चालिएका कदमबाट अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट छिटो भन्दा छिटो वाहिर निस्कन सक्ने गरी तयार पारिने बताउनु भएको छ । आर्थिक सिथिलता अन्त्य गर्दै विकाश सुसासन र समृद्धिलाई सुचारु गर्ने मुल ध्येयका साथ आगामी बजेट प्रस्तुत हुने बताउनुभयो ।
आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरू प्रतिनिधि सभामा पेश गर्नु हुँदै मन्त्री खतिवडाले कोरोनाले सरकारी वित्त निजी क्षेत्र, रोजगारीजस्ता प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउने बताउनुभएको हो ।
मन्त्री खतिवडाले कोरोना जोखीमका कारण बजेटमा अन्तरिक स्रोत को उपलब्धतामा कमी आउने तर त्यस्तो कमीलाई अन्तरर्राष्ट्रिय स्रोत परिचालन मार्पmत परिपुरण गरिने बताउनुभयो । “आन्तरिक स्रोतको परिपुरकका रुपमा अन्तराष्ट्रिय सहायतालाई परिचालन गरिने छ,”उहाँले भन्नु्भयो, यसका लागि बजेट सहायता परिचालन विधि प्रक्रिया र सर्तहरु पुनः संरचना गरिनेछ ।”
कोरोना सृर्जित प्रभवाबाट निजीक्षेत्रलाई मुक्त गर्न पनि आपूmले बजेटमा आवश्यक व्यवस्था गर्ने उहाँको भनाई थियो । मन्त्री खतिवडाका अनुसार पीडित निजी क्षेत्रले कर सहुलियत र मैद्रिक उपकरण गरी दुई खाले परिपुरण पाउनेछन् ।
आर्थिक सिथिलता र उद्योग व्यवसाय बन्द हुँदा गुमेको रोजगारीलाई पुनरस्थापना गर्ने योजना पनि बजेटमा ल्याइने जानकारी मन्त्री खतिवडाले संसदलाई दिनुभयो । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका र थप फर्कन सक्नेलाई कृषि साना घरेलु तथा सेवा क्षेत्रमा उत्प्रेरित गर्ने कार्यक्रम पनि आउने उहाँको भनाई थियो । सिममुलक तालिममार्पmत उनीहरुलाई उत्पादनमुलक काममा जोडने उहाँको भनाइृ थियो । निजीक्षेत्र र वैदेशिक लगानीलाई पनि रोजगारी तर्पm केन्द्रित गरिने मन्त्री खतिवडाको भनाई थियो ।
मूल्य बृद्धिलाई वान्छित सीमा भित्र राख्ने र दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने उहाँले बताउनुभयो । मन्त्री खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट गर्नुहुने कार्यक्रम छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?