logo
२०८१ बैशाख १३ बिहीवार



शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम

फिचर |
बिज्ञान |


शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २८ गते । चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस सर्नसक्ने जोखिम बढेको हो ।
चीनमा कोरोनाभाइरसको प्रकोप उच्च रहेको बेला जनवरी र फेब्रुअरी महिनामा साङछिउ नगर अस्पतालमा ३८ जना पुरुष बिरामीको उपचार गरियो । भर्ना भएका बिरामीको १६ प्रतिशतको वीर्यमा कोरोनाभाइरस फेला परेको उपचारमा संलग्न चिकित्सकहरुको समूहले जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
भर्ना भएकामध्ये एक चौथाइ बिरामीको अवस्था जटिल रहेकोमा ९ प्रतिशत बिरामी स्वास्थ्य लाभ गरेको प्रतिवेदनमा चिकित्सकको समूहले जनाएको छ ।
चीनको जनमुक्ति सेना अस्पतालका चिकित्सक तियानकङ लीसहितको टोलीले जर्नलमा लेखेका छन्, “सार्स–कोभ–२ कोभिड–१९ बिरामीको वीर्यमा उपस्थित हुन सक्छ, र सार्स–कोभ–२ निको हुन लागेका बिरामीको वीर्यमा समेत फेला पर्न सक्छ ।” “पुरुषको प्रजनन अङ्गमा भाइरसले नक्कल गर्न नसकेपनि यो पुरुष यौनग्रन्थीमा विशेष प्रकारको प्रतिरक्षाले रहन सक्छ”–प्रतिवेदनमा उल्लेख गरिएको छ । विशेष प्रकारको प्रतिरक्षा भन्नाले संक्रमण प्रणाली भाइरल आक्रमणको प्रभाव रहने क्षेत्रसम्म पुग्न नसकिने बुझिन्छ ।
यो कुनै स्तब्ध बनाउने निचोड हैन । थुप्रै भाइरस प्रजनन पथमा बस्न सक्छन् । इबोला र जिका भाइरस पनि पुरुषको वीर्यमा फेला परेको थियो । कहिलेकाहीँ निको भएको महिनौँपछि पुरुषको वीर्यमा भाइरस फेला पर्न सक्छन् ।
कोरोनाभाइरसको संक्रमण शारीरिक सम्पर्क वा यौनाङ्गबाट फैलन सकिनेबारे अझै स्पष्ट हुन सकेको छैन । भाइरस रहेको प्रमाण पाइनुको अर्थ मानिसले अनिवार्य नै संक्रमण सारेको भन्न सकिने अवस्था रहन्न ।
चिकित्सकको समूहले आगामी अध्ययनबाट सार्स–कोभ–२ शारीरिक सम्पर्कबाट पनि सर्ने पत्ता लागे कोभिड–१९ को संक्रमण उन्मूलन गर्न कठीन हुने उल्लेख गरेको छ । यस्ता बिरामीमा कण्डमको प्रयोग मात्रैले संक्रमण रोक्न सक्नेछ । तर प्राणघातक रुपमा विकसित हुनुअघि राम्ररी र यस प्रकारको संक्रमणको सम्भावनाबारे यथेष्ट अध्ययन हुनुपर्छ । त्यसैले संक्रमितको रयाल र रगतको सम्पर्कबाट टाढा बस्नु मात्रै पर्याप्त हुन्न ।
(सीएनएनका लागि मैगि फोक्सले तयार गर्नुभएको रिपोर्टको अनुवादित अंश)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?