logo
२०८० चैत्र १६ शुक्रवार



चीनमा कोरोना भाईरसको संक्रमण एक व्यक्तिमा ४९ दिनसम्म रहेको पुष्टि

फिचर |
बिज्ञान |


चीनमा कोरोना भाईरसको संक्रमण एक व्यक्तिमा ४९ दिनसम्म रहेको पुष्टि


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २३ गते । कोरोनाभाइरसको उत्पत्ति भएको चीनमा कोभिड–१९ को संक्रमणसँग सम्बन्धित स्तब्ध बनाउने सूचना सार्वजनिक भएको छ ।
अधबैंसे उमेरका एकजना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण ४९ औं दिनमा समेत यथावत रहेको पाइएको छ । व्यक्तिमा संक्रमितको सम्पर्कमा आएको १७ औं दिनमा पहिलोपटक परीक्षण गर्दा कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । त्यसपछि २२, २६, ३०, ३४, ३९, ४३ र ४९ औं दिनमा समेत संक्रमण फेला पर्यो । ४७ औं दिनको परीक्षणमा भने स्वास्थ्य प्रतिवेदन निगेटिभ आएको थियो ।
समान्यतया कोरोनाभाइरसको संक्रमित १४ दिनमा निको भई घर फर्किदै आएका छन् । संक्रमित भएको २० औं दिनमा कोरोनाभाइरसबाट मुक्त हुँदै आएको भए पनि नयाँ फेला परेको संक्रमित भने दोब्बर समयमा पनि संक्रमित नै रहेको नेचुरल न्युजले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
संक्रमितको उपचार भने प्लाज्मा ट्रान्सफ्युजन(संक्रमणबाट मुक्त भएको व्यक्तिको रगत संक्रमितमा सार्ने प्रकृया)बाट गरिएको छ । चीनको वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरसबाट सबैभन्दा लामो अवधिसम्म संक्रमण पाइएको ३७ दिन रहेको थियो ।
संक्रमितमा हल्का लक्षण मात्रै देखा पर्यो । फोक्सोमा देखा परेको संक्रमण अस्पताल पुग्दापुग्दै हराउन गयो । बहुसंख्यक संक्रमित परिवर्तित वर्गमा पर्छन् । तर नयाँ संक्रमितको लक्षण र अवधिले कोरोनाभाइरसको नयाँ वर्ग बनाएको छ ।
डालेनको चोङकिङस्थित आर्मी मेडिकल विश्वविद्यालय र वुहानस्थित पीएलए केन्द्रीय थिएटर कमाण्डका अनुसन्धानकत्र्ताले संक्रमित व्यक्तिमा कोरोनाभाइरसले पाहुनासँग सहजीवी सम्बन्ध (सिम्बायोटिक रिलेशन) बनाएको हुनसक्ने तर्क गरेका छन् । यस्तो सम्बन्धमा दुबै एक अर्काको उपस्थितिले फाइदाजनक अवस्थामा पुग्छन् ।
संक्रमित व्यक्तिले आफूभन्दा जेठी उमेरकी आफन्तलाई संक्रमण सारेको बताइएको छ । तर संक्रमण सरेको आफन्त भने उमेरको हिसाबले छिट्टै नै संक्रमणमुक्त भएको खुलेको छ । जबकी आफन्तमा पहिलेदेखि नै स्वास्थ्य समस्या थियो ।
यी तथ्यहरुले वुहानमा उत्पत्ति भएको कोरोनाभाइरसको नयाँ सह प्रकार खुलेको तर्क गरिएको छ । यसप्रकारको संक्रमण छिट्टै सर्ने नदेखिए पनि उन्मूलन हुन समय लाग्ने जनाइएको छ ।
स्वास्थ्य अवस्था कमजोर हुने बिरामीमा यस प्रकारको संक्रमण फैलिए उपचारको आवश्यकता समेत देखिने छैन् । किनभने यस्तो संक्रमितमा लक्षण सहजै देखिन्न । यद्दपी उसले संक्रमण सारेको हुनसक्छ । जसले नयाँ प्रकारको प्रकोपको सृजना गर्नेछन् ।
यस्तो संक्रमण विश्वका अन्य भागमा पुगे नपुगेको अझै स्पष्ट भइसकेको छैन् । तर हल्का लक्षण देखिने वा लक्षण नै नदेखिएको बिरामीको तथ्याङ्क भने विश्वब्यापी रुपमा नै संकलन गरिदैछ । भारतमा करिब ५० प्रतिशत बिरामीमा त सामान्य लक्षण समेत नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले स्वास्थ्य अधिकारी र अनुसन्धानकत्र्तालाई उद्धृत गर्दै उल्लेख गर्दै आएका छन् । नेपालमा समेत यात्रावृत्तान्तको आधारमा ४० दिनपछि समेत संक्रमणको पुष्टि भएको फेला परेको छ । यस प्रकारको संक्रमणबाट जोगिन संक्रमणबाट मुक्त भएका व्यक्तिको रगत आवश्यक हुने औंल्याइएको छ ।
व्यक्तिमा नौ पटक परीक्षण गरिएकोमा आठ पटक संक्रमणको पुष्टि भएको थियो । चिनियाँ अनुसन्धानकत्र्ताका अनुसार लामो समयसम्म संक्रमण रहने बिरामीले सारेको भाइरसको प्रकृत्ति र बिरामीको स्वास्थ्य अवस्था अझै जटिल हुनेछ । जसले नयाँ संक्रमण हुने बिरामीको आक्रमण बाटोमा छन् । यद्दपी यसप्रकारको भाइरसको सार्न सक्ने क्षमता अझै स्पष्ट भइसकेको छैन् ।
बहुसंख्यक बिरामीमा भाइरसको संक्रमण २० दिनसम्म रहने अनुसन्धानले पुष्टि गरिसक्दा मात्र सात दिनसम्म अलग्गिएर बस्न दिइएको सुझाब कुन आधारमा तयार गरिएको हो ? झन नयाँ प्कारको संक्रमितमा ४९ औं दिनसम्म भाइरस संक्रमणको पुष्टि हुँदा अलग्गिने समयवाधिको मापदण्ड समेत असफल हुने जोखिम बढ्दो छ ।

(नेचुरलन्यूजकाे समाचारमा आधारित)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?