logo
२०८१ बैशाख ११ मंगलवार



भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपियो, १ हजार २१८ को मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपियो, १ हजार २१८ को मृत्यु


नयाँ दिल्ली, वैशाख २० गते । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । २४ घण्टाभित्र थपिएका नयाँ संक्रमितको संख्या एकैदिन थपिएकामध्ये सबैभन्दा बढी हो ।
यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयका अनुसार २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् ।
भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्रमा संक्रमितहरूको संख्या ११ हजार ५०६ छन् । ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

महाराष्ट्रपछि गुजरातमा भाइरसको संक्रमण दोस्रो सबैभन्दा बढी भएको राज्य हो । गुजरातमा चार हजार ७२१ संक्रमित रहेका छन् । ७३५ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ ।

महाराष्ट्र र गुजरातपछि भाइरसको संक्रमण स्नयाँ दिल्लीमा सबैभन्दा बढी छन् । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ ।
कोराना भाइरसको ९कोभिड–१९ ० को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?