logo
२०८१ बैशाख ७ शुक्रवार



संक्रमण फैलनु अघि १२ पटक ट्रम्पलाई अवगत् गराएको सीआइएको दाबी

फिचर |
अन्तर्राष्ट्रिय |


संक्रमण फैलनु अघि १२ पटक ट्रम्पलाई अवगत् गराएको सीआइएको दाबी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । अमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला अनुसन्धान अधिकारी र केही पूर्व अधिकारीले अमेरिकी अखबार द् वाशिंगटन पोष्टसँगको कुराकानीमा यसप्रकारको खुलासा गरेका हुन् ।
समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति समक्ष दैनिक हुने संक्षिप्त बैठकमा सीआईएका अधिकारीहरुले जनवरी र फेब्रुअरी महिनामा संक्रमण फैल्न सक्ने जोखिमको बारेमा अवगत् गराएको उल्लेख गरेको छ । उक्त ध्यानाकर्षणको राष्ट्रपति ट्रम्पले उपेक्षा गर्नुभएको उहाँहरुको गुनासो छ । राष्ट्रपति ट्रम्पसँगको बैठकमा संक्रामक गतिविधिबारे अद्यावधिक सूचना पस्किएपनि उहाँले गम्भिरतापूर्वक नलिदा अमेरिका यस प्रकारको जोखिममा परेको उहाँहरुले तर्क गर्नुभएको छ । कोरोनाभाइरस संक्रमणबाट बुधबारसम्म कम्तिमा ५६ हजार बढीको मृत्यु भएको छ ।
फेब्रुअरी २६ मा राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा आगामी दुई दिनभित्र नयाँ थपिने संक्रमित शून्यमा झर्ने दाबी गर्नुभएको थियो । त्यत्ति नै बेला अमेरिकामा संक्रमण समुदाय स्तरमा भुसको आगो सरह फैलिदै थियो । मार्च १० मा राष्ट्रपति ट्रम्पले संयमित हुन आग्रह गर्नुहुँदै केहीदिन भित्रै कोरोनाभाइरस बिलिन हुने बताउनुभएको थियो । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा कोभिड–१९ को संक्रमणलाई विश्वब्यापी महामारी घोषणा गर्यो ।
वाशिंगटन पोष्टका दुईजना वरिष्ठ सम्वाद्दाता ग्रेग मिलर र एलन नकाशिमाका अनुसार अधिकारीहरुले यस प्रकारको चेताबनी दिइरहँदा राष्ट्रपति ट्रम्प इरानसँगको सुरक्षा मामिला र आफ्नो महाभियोगको छलफलमा ब्यस्त हुनुहुन्थ्यो ।
कोभिड–१९ बाट विश्वभरि संक्रमित भएकामध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।
(एएनआइको समाचारमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?