logo
२०८१ बैशाख ८ शनिवार



कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या दुई लाख दुई हजार ८८० पुगेको छ ।
विश्वविद्यालयको अद्यावधिक तथ्याङ्क बमोजिम विश्वभरि २८ लाख ९७ हजार ६४५ जना संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख ३९ हजार ५३ जना संक्रमित छन् । हालसम्म कोभिड–१९ को आठ लाख १७ हजार ३४ जना संक्रमति संक्रमणबाट मुक्त भएका छन् । जसमध्ये सबैभन्दा बढी जर्मनीका एक लाख नौ हजार ८०० जना छन् । जर्मनीमा एक लाख ५६ हजार ५१३ जना संक्रमित छन् । अमेरिकामा एक लाख ७२१ जना संक्रमणबाट मुक्त भएका छन् ।
स्पेनमा दुई लाख २३ हजार ७५९ जना संक्रमित छन् । इटालीमा एक लाख ९५ हजार ३५१ जना संक्रमित छन् । फ्रान्समा एक लाख ६१ हजार ६४४ तथा बेलायतमा ४९ हजार ५६९ जना संक्रमित छन् । टर्कीमा संक्रमित हुने संख्या वृद्धि भई एक लाख सात हजार ७७३ पुग्दा रुसमा पछिल्लो एक सातामा संक्रमित हुनेको संख्या दोब्बर भएको छ । रुसमा ७४ हजार ५८८ जना संक्रमित छन् ।
विश्वविद्यालयका अनुसार भारतमा २६ हजार २८३ जनामा संक्रमणको पुष्टि भएको छ । अमेरिकामा कुल जनसंख्याको करिब सात प्रतिशतमा कोभिड–१९ को संक्रमणको परीक्षण गरिएको छ । विश्वविद्यालयका अनुसार अमेरिकामा ५१ लाख ८४ हजार ८३५ जनामा कोभिड–१९ संक्रमणको परीक्षण गरिएको छ ।
कोभिड–१९ बाट विश्वभरि मृत्यु भएकाको कुल संख्याको एक चौथाइ संयुक्त राज्य अमेरिकामा दत्र्ता गरिएको छ । अमेरिकामा आइतबार बिहानसम्म ५३ हजार ९२८ जनाको मृत्यु भएको छ । अमेरिकापछि इटालीमा सबैभन्दा बढी २६ हजार ३८४ र स्पेनमा २२ हजार ९०२ जनाको मृत्यु भएको छ । कोभिड–१९ संक्रमणबाट फ्रान्समा २२ हजार ६१४ तथा बेलायतमा २० हजार ३१९ जनाको मृत्यु दत्र्ता गरिएको छ । अमेरिकाको न्युर्योक शहरमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार १२६ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?