logo
२०८१ बैशाख ११ मंगलवार



रेडियोबाटै एसईईको तयारी कक्षा

फिचर |
पढ्नै पर्ने |


रेडियोबाटै एसईईको तयारी कक्षा


प्रेमराज सिम्खडा
कालीकोट चैत २८ गते । विश्वमा फैलिएको कोरोना भाईरस( कोभिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ । देश भर सुरु हुन लागेको एस.ई.ई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो एफ.एम रेडियो मार्फत पढाई सुरु गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि मुलुक लकडाउनमा रहेको र एस.ई.ई परीक्षा दिन नपाएर विद्याथी तनावमा रहेका वेला उनीहरुको ध्यानकेन्द्रीत गर्न गाउँपालिकाले एस.ई.ई. परीक्षा तयारी कक्षा रेडियो मार्फत दिन सुरु गरेको हो । गाउँपालिकाले आफै स्थापना गरेको रेडियो सान्नीत्रिवेणी एफ.एमले स्टुडियोमा बिषयगत शिक्षक र केही विद्याथी राखेर तयारी कक्षा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीले एस.ई.ई. दिन नपाएर भौतारिएका विद्याथीको मनोवल नगिरोस भनेर तयारी कक्षा रेडियो मार्फत सञ्चालन गरेको वताउनुभयो । अध्यक्ष शाहीले नेपालमा पहिलो पटक गणित साहित्य पुस्तक प्रकाशन गरेका शिक्षक सवराज बमको सहयोगमा तयारी कक्षा चलिरहेको वताउनुभयो । दुर्गमका विद्यार्थीलाई जटिल वनिरहेको गणित र अग्रेजी विषयलाई केन्द्रीत गरेर पढाई भईरहेको छ । स्टुडियोमा शिक्षकले पढाई रहेका वेला विद्याथीले प्रश्न गर्ने र त्यसलाई बिश्लेषण गरेर घरमा रहेका विद्याथीलाई वुझाईने गरिएको छ ।
शिक्षक सवराज बमले फोन वाट नजानेका कुरा विद्याथीले सोध्नु र स्टुडियोवाटै उत्तर दिएर अभ्यास गराएर वुझाउने गरेको वताउनुभयो ।

उहाँले चार वर्ष पहिला देखिको आफ्नो रेडियो तयारी कक्षा सञ्चालनको अनुभवलाई यस वर्ष पनि गाउँपालिकाले स्थापना गरेको रेडियो मार्फत जारी राखेको वताउनुभयो । शिक्षक सवराज बम लगाएतका शिक्षकले चार वर्ष पहिला देखि जिल्लामा रहेको रेडियो नयाँ कर्णाली मार्फत एस.ई.ई तयारी कक्षा सञ्चालन गदै आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?