logo
२०८० चैत्र १६ शुक्रवार



बन्दाबन्दीले भारतमा प्रदूषण घट्यो, ३० वर्षपछि पञ्जाबबाट हिमाल देखियो

फिचर |
अन्तर्राष्ट्रिय |


बन्दाबन्दीले भारतमा प्रदूषण घट्यो, ३० वर्षपछि पञ्जाबबाट हिमाल देखियो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २८ गते । कोरोनाका कारण विश्वको ठूलो जनसंख्या बन्दाबन्दी (लक डाउन) मा छ । बन्दाबन्दीले एकातिर मानिसको जीवन कठिन भए पनि अर्का तिर वातावरणीय दृष्टिले धेरै सुखद समाचारहरू आइरहेका छन् ।
भारतको पञ्जाव राज्यका बासिन्दाले करीब ३० वर्षपछि सयौं मालइल टाढाका हिमशृङ्खलालाई घरको छत वा कौसीबाट अवलोकन गर्न पाएका छन् ।
भारतको जालन्धरका बासिन्दाले आफ्नो घरबाट हिमाञ्चल प्रदेशस्थित हिमशृङखला देखेको दृष्य तस्बिर मार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
यसो हुनुमा बन्दाबन्दीका कारण सवारी साधन तथा कलकारखाना बन्द भए पछि वायु प्रदूषणमा आएको नाटकीय परिवर्त नै हो । यसै क्रममा भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषणमा ४४ प्रतिशत कमी आएको भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । भारतको ८८ वटा शहरमा बन्दाबन्दी शुरु भएको पहिलो हप्तामा नै प्रदूषणको मात्रामा कमी आएको सीएनएनको समाचारमा जनाइएको छ । सीएनएन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?