logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकामा कोरोना संक्रमित चार हजारको मृत्यु, दुई साता अत्यन्तै पीडादायी हुने

फिचर |
अन्तर्राष्ट्रिय |


अमेरिकामा कोरोना संक्रमित चार हजारको मृत्यु, दुई साता अत्यन्तै पीडादायी हुने


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १९ गते । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट चार हजार बढी व्यक्तिको मृत्यु भएको छ । समाचार संस्था सिन्हवाका अनुसार कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युर्योक शहरमा मात्रै एक हजार ७१४ जनाको मृत्यु दत्र्ता गरिएको छ । कुल मृतक संख्या चार हजार ७९ पुगेको छ ।
कोभिड–१९ को बिरामीबारे अध्ययन अनुसन्धानमा जुटेको अमेरिकी जोन हप्कीन्स विश्वविद्यालयका अनुसार एक लाख ८९ हजार ५१० जनामा संक्रमणको पुष्टि भएको छ । अमेरिकाको न्युर्योक शहर कोभिड–१९ को केन्द्रबिन्दु बनेको छ । मंगलबारसम्म न्युर्योक शहरमा मात्रै ७५ हजार ८३३ संक्रमितको पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा आगामी दुई साता अमेरिकाका लागि अत्यन्तै पीडादायी हुने प्रतिक्रिया दिनुभयो । राष्ट्रपति ट्रम्पले अध्ययन र अनुसन्धान बमोजिम दुई साताको पीडापछि टनेलको अन्त्यमा प्रकाशरुपी आशा देखिने बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा संक्रामक रोग र एलर्जि सम्बन्धी राष्ट्रिय प्रतिष्ठानका निर्देशक एन्थोनी फौसीले अमेरिका कोभिड–१९ बाट एक लाख मृत्युको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?