logo
२०८१ बैशाख १३ बिहीवार



विगत २४ घण्टामा पनि कोही कोभिड १९ संक्रमित फेला परेनन्

फिचर |
स्वास्थ्य |
पढ्नै पर्ने |


विगत २४ घण्टामा पनि कोही कोभिड १९ संक्रमित फेला परेनन्


उपेश महर्जन
काठमाडौं, चैत १८ गते । विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताउनुभयो ।

भारतबाट फर्केका ५० वर्षीय एक पुरुष र भारतबाट फर्केकी चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिलाको वीर अस्पतालमा सोमबार मृत्यु भएकाे थियो । ती दुबैमा कोरोनाको आशंकामा गरिएकाे परीक्षणमा भाइरस फेला परेन ।

यसैगरी, दुबइबाट नेपाल आएर कीर्तिपुर हिल टाउन स्कुलमा बस्नुभएकी झापाका कल्पना लावतीको पनि कोभिड –१९ परीक्षणमा फेला नपरेकाले उपचारपछि मगंलबार विहान पाटन अस्पतालले डिस्चार्ज गरेको छ । उहाँलाई कोरोना आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पतालमा आइतबार रिफर गरेको थियो ।

पत्रकार सम्मेलनमा यसअघि राजधानीमा मात्र प्रयोगशाला रहेकोमा छिमेकी देश चीनबाट पीसीआर मेसिन आइसकेकाले देशका विभिन्न पाँच स्थानमा प्रयोगशाला निर्माण हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवत्ता डा. विकास देवकोटाले नेपालमा अहिले ज्वरो आउने वित्तिकै डराउने प्रवृति देखिएको बताउनुभयो ।
चारवटा संक्रमित उपचार दुई वाटाको कन्ट्रयाक ट्रेसिन सकियो बाँकी दुई को ८० प्रतिशत सकिएको जसमा वरिपरिवारका मानिस परीवार र यात्रामा सँगै आउनेलाई लिइएको छ ।

‘फिभर आउने वित्तिकै डराउने प्रवृति देखिएको छ । यसले थप जटिलतामा जाने र विरामीको मृत्यु समेत हुनसक्छ,’ उहाँले भन्नुभयो, ज्वरो जुनसुकै रोगमा आउने भएकाले सम्बद्ध संस्थाले इमरजेन्सी सेवा दिनुहोला, सेवा बन्द गरेपछि अरु नै विरामी उपचार नपाएर मृत्युको मुखमा पुग्नसक्छ ।’

नेपालमा आएको संक्रमण अन्यत्र फैलिनसक्ने भएकाले लक डाउन गर्नुपरेको बताउनुहँदै उहाँले भन्नुभयो, जति पनि संक्रमति विरामी फेला परेको छ, ती सबै बाहिरबाट आएको हो ।’

नेपाल सरकार तीनवटा रणनीति अनुसार काम गरिरहेको बताउनुहुँदै उहाँले संक्रमितबाट परिवार र समुदायका अन्य सदस्यलाई सारेको हुनसक्ने भएकाले सबै होम क्वारेनटाइनमा बस्न आवश्यक छ, भन्नुभयो ।

कडाउन गरिसकेपछि अब क्वारेन्टाइनमा रहेका ४० हजारभन्दाको बढीको परीक्षण गर्नुपर्न भएको बताउँदै अरुलाई नसरोस् भन्नको लागि पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

जथाभावी ¥यापिड परीक्षण गर्न नपाइने

यसैबीच, हाम्रा समाचारदाता सरोज ढुंगेलका अनुसार विज्ञ सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने गरेको भन्दै त्यसले समाजलाई असर पार्ने बताउनुभयो । उहाँले ¥यापिड टेष्ट गर्ने क्रम बढेको भन्दै विशव स्वास्थ्य संगठनको मान्यता अनुसार मात्र परीक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोरोना भाइरस परीक्षण पत्ता लगाउन र््यापिड परीक्षण नगर्न निर्देशन दिएको छ । ¥यापिड परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य संगठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै कार्कीले यस्तो निर्देशन दिनुभएको हो । मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा र्यापिड टेष्ट गरेको सूचना प्राप्त भएको भन्दै त्यो विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्ड विपरीत भएको बताउनुभयो ।

उहाँले त्यस किसिमको टेष्टबाट सही परीक्षण नहुने भन्दै यदि कुनै व्यक्तिलाई र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएर पछि नेगेटिभ देखियो भने त्यो अवस्था भयावह हुने बताउनुभयो । विज्ञ कार्कीले त्यसले समाज र गाउँमै नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो । कार्कीले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पार्नुभयो ।

दैनिक खेतीपाती गर्न मिल्छ

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक खेती किसानी तथा पशुपालन सम्बन्धी कामलाई लकडाउनले नरोक्ने बताएको छ । कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)को त्रासमा रही गाउँघरमा सबै काम बन्द गर्नपर्ने हो कि भन्ने अन्यौल देखिएकाले मन्त्रालयले दुरी कायम राखी सम्पूर्ण काम गर्न सुझाव दिनुभयो ।

मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले मेलापात, खेतीपाती, घाँस काट्ने लगायतका सबै काम गर्न मिल्ने बताउनुभयो । उहाँले मानिस मानिस बीचको दुरी कायम गरि संक्रमणको जोखिमलाई रोक्न लकडाउन गरिएको स्पष्ट पार्नुभयो । डा. कार्कीले निश्चित दुरी कायम राखी काम गर्न सकिने बताउनुभयो ।

उहाँले विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा नआएका व्यक्तिलाई निश्चित दुरी कायम गरी मास्क लगाएर काम गर्न सकिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?