logo
२०८१ बैशाख १३ बिहीवार



इजरायलका प्रधानमन्त्री नेतान्याहु क्वारेन्टाइनमा

फिचर |
अन्तर्राष्ट्रिय |


इजरायलका प्रधानमन्त्री नेतान्याहु क्वारेन्टाइनमा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु कोरोना भाइरस संक्रमणको आशंकाका बीच सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँको सहयोगीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उहाँ सोमबारबाट सेल्फ क्वारेन्टाइनमा बस्नुभएको हो ।
इजरायलका प्रधानमन्त्रीको कार्यालयले सोमबार एक वक्तब्य जारी गरी एकजना सहयोगी कर्मचारीमा संक्रमणको लक्षण देखिएपछि प्रधानमन्त्री नेतान्याहुसँगै कार्यालयका अन्य कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेको जनाएको छ । वक्तब्यमा पछिल्लो दुई सातादेखि उहाँ कुनै पनि बिरामी कर्मचारीको सम्पर्कमा नरहेको दाबी गरिएको छ । संक्रमणको परीक्षणको लागि नेतान्याहुको स्वाबको नमूना संकलन गरिएपनि प्रतिवेदन आइनसकेको जनाइएको छ ।
इजरायलको संसदले एक अलग वक्तब्य जारी गरी नेतान्याहुको संसदीय मामिला सहयोगी कर्मचारी रिभ्का पलुचमा संक्रमणको पुष्टि भएको जनाएको छ । इजरायलमा राजनीतिक संकट चुलिएको छ । एकवर्षमा तीन पटक चुनाब भएपनि नेतान्याहुसँगै विपक्षी दलले स्पष्ट बहुमत ल्याउन नसक्दा ७० वर्षीय प्रधानमन्त्री नेतान्याहु दुई साता यता राजनीतिक छलफलमा ब्यस्त हुनुहुन्थ्यो ।
इजरायलमा कुल संक्रमितको संख्या चार हजार तीन सय पुगेको छ । इजरायलको अखबार द जेरुसलेम पोष्टका अनुसार हालसम्म १६ जनाको मृत्यु भएको छ । यसअघि प्रधानमन्त्री नेतान्याहुको मार्च १५ मा स्वास्थ्य परीक्षण गरिदा उहाँमा संक्रमणको पुष्टि भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?