logo
२०८१ बैशाख १३ बिहीवार



पछिल्लो समय विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

फिचर |
मुख्य समाचार |


पछिल्लो समय विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह


देबबहादुर कुँबर
काठमाडौँ, चैत १५ गते । विदेशबाट फर्किएका नेपालीहरूमा कोरोनामा भाइरस संक्रमण देखापर्न थालेपछि नेपाल प्रहरीलाई ती ब्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।
विशेष गरी चैत ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण देखापरेसँगै सो समस्या देखिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरू मध्ये आफै सम्पर्कमा आउनेहरु कमै छन्, धेरैको पहिचान हुन नसकेको बताउनुहुन्छ ।
केही दिनअघि फ्रान्सबाट दोेहा हुदै काठमाडौँ आएकी १९ वर्षीय युवती र शनिवार कोरोना संक्रमणको पुष्टि गरिएकी बागलुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हँुदै नेपाल आएको पाइएको छ ।
कतार एयरवेजको क्युआर ६५२ विमान चढेर काठमाडौं आएकी युवती विमानमा सवार एकसय ५८ यात्रु मध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’ मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो ।
सोही विमानमा सवार पाँच विदेशी नागरिक सहित २४ जना कहाँ छन्, कस्तो अवस्थामा छन् खोजी हुँदै छ उहाँले भन्नुभयो–राहदानीका आधारमा जिल्ला गाँउको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौं ।
कोरोना भाइरस संक्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन । उनीहरूसंगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका चितपरिचित र आफन्त सबैलाई सम्पर्कमा आइ दिन प्रहरीले आग्रह गरेको छ ।
संक्रमित ब्यक्तिहरू सवार विमानको फलाइट नम्वर तथा विमानमा सवार यात्रुको पहिचान भएपनि राहदानी लिएको जिल्ला र फोन नम्वर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो, उहाँका अनुसार, राहदानी एक जिल्लाबाट बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो ।
कतार एयरको क्यूएआर ६५२ विमानमा सवार एकसय ५८ मध्ये एकसय नौजना ४० जिल्लाको छन् । ती मध्ये एक फ्रेन्च, दुईजर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन् खोजी भइरहेको छ ।
त्यस्तै, तेस्रो संक्रमित व्यक्ति सवार एअर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका एकसय ७० जना यात्रुको पनि खोजी जारी रारिएको प्रवक्ता जोशीले बताउनुभयो । सो कार्यमा प्रहरीको केन्द्रीय हेल्थ हेल्प डेष्क नै परिचालन गरिएको छ ।
उहाँहरुको राहदानीका आधारमा ठेगाना पत्ता लगाई सम्पर्कमा ल्याउन सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको छ । चैत ४ गतेपछि नेपाल भित्रिएका सम्पूर्ण नागरिकको विवरण संकलन गरी सम्पर्कमा ल्याउन हेल्प डेष्कमात्र नभई सिंगो प्रहरी संगठन सक्रिय छ, उहाँले भन्नुभयो ।
संक्रमित यात्रु सवार विमानका अन्य यात्रुहरु पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागबाट विस्तृत विवरण संकलन गरी रहेको छ । चैत पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको अवधिसम्म नेपाल फर्किएका सबैलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ ।
– देवबहादुर कुँवर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?