logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकामा एक लाख संक्रमित, इटालीमा एकैदिन नौ सय बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा एक लाख संक्रमित, इटालीमा एकैदिन नौ सय बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १५ गते । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट एकैदिनमा ४०२ जनाको मृत्यु भएको छ । बिहिबार २५३ संक्रमितको मृत्यु भएको थियो ।
अमेरिकाको ५० वटै राज्यमा कोभिड–१९ को संक्रमित पाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या एक लाख एक हजार २४२ पुगेको छ । यसअघि सबैभन्दा बढी संक्रमित चीन र इटालीमा थियो । सीएनएनले अमेरिकामा पछिल्लो दुई दिनमा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । न्युर्योक र वाशिंगटन डी सी राज्यमा कोभिड–१९ संक्रमितको संख्या कोरोना सबैभन्दा बढी छ ।
अर्कान्सससहित कतिपय राज्यले न्युर्योकबाट आउनेलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
भाइरसको संक्रमणबाट अमेरिकामा करिब एक हजार ५८८ जनाको मृत्यु भएको छ ।
इटालीमा एकैदिन ९१९ जनाको मृत्यु
कोभिड–१९ को केन्द्रबिन्दु बनेको पश्चिमा राष्ट्र इटालीमा भने एकैदिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । इटालीमा शुक्रबार ९१९ जनाको मृत्यु भएको हो । कोभिड–१९ को संक्रमणले इटालीमा हालसम्म नौ हजार १३४ जनाले ज्यान गुमाएको हो । इटालीमा शुक्रबार पाँच हजार ९५९ जना नयाँ संक्रमित थपिएका छन् । जुन बिहिबारको अपेक्षा कम हो । इटालीमा कुल संक्रमित ८६ हजार ५०० पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले चिकित्सकीय उपकरणको विश्वब्यापी अभावले मृतकको संख्या बढ्दै गएको बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?