logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादव र अन्य तीन जनामा कोरोना संक्रमण नभएको पुष्टि

फिचर |
मुख्य समाचार |


कोरोना विशेष अस्पतालमा मृत्यु भएका यादव र अन्य तीन जनामा कोरोना संक्रमण नभएको पुष्टि


वसन्त पराजुली
भरतपुर चैत १२ गते । कोरोना विशेष अस्पताल भरतपुरमा मंगलवार मृत्यु भएका विरामीमा कोरोनाको संक्रमण नरहेको प्रयोगशाला रिपोर्टले पुष्टि गरेको छ ।
रुघा खोकी र उच्च ज्वरो आई उपचार गराइ रहेका विरगन्जका ३० वर्षिय सन्तोष यादवको मृत्यु कोरोनाका कारण नभएको प्रयोगशाला रिपोर्ट प्राप्त भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । यादवको मात्रै हैन उनि सगै पठाइएका अन्य तीन जना विरामीको प्रयोगशाला रिपोर्ट पनि कोरोना नेगेटिभ आएको उहाँले जनाउनुभयो ।
यादवको मंगलवार विहान मृत्यु भएको थियो । लामो सयमदेखि लुपस भन्ने रोगले मृगौलाको समस्या भएका यादवलाई आइतवार मात्रै उच्च ज्वरो आएपछि कोरोना अस्पताल ल्याइएको थियो । अस्पतालका प्रवक्ता अधिकारीका अनुसार ति विरामीमा उच्च ज्वरो सँगै रुघा खोकी आएपछि अस्पतालको आइसोलेशनमा राखिएको थियो ।
४५ केजी का करिव ३० वर्षिय ति पुरुष चितवन मेडिकल कलेजमा मृगौलाको उपचार गराइ रहेका र मृगौलाको उपचार गराउने क्रममा आइतवार उच्च ज्वरो आएपछि कोरोना विशेष अस्पतालमा ल्याइएको थियो ।
उनको स्वाब कोरोना संक्रमणको परिक्षणका लागि काठमाडौ स्थित केन्द्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?