logo
२०८१ बैशाख ६ बिहीवार



भारतबाट नेपाल फर्केका नेपाली र सुरक्षाकर्मीबीच सीमामा झडप

फिचर |
पढ्नै पर्ने |


भारतबाट नेपाल फर्केका नेपाली र सुरक्षाकर्मीबीच सीमामा  झडप


प्रकाशविक्रम शाह

धनगढी, चैत ११ गते । भारतका विभिन्न स्थानबाट आएर नेपाल भारतको सीमा दशगजा क्षेत्रमा सोमबार रातिदेखि बस्दै आएका नेपाली र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र ढुंगामुडा गरेर जवरजस्ती नेपाल पस्न खोजेपछि नेपाली धनगढीको त्रिनगर नाकामा सुरक्षाकर्मी र भारतबाट आएका नेपालीहरुवीच सामान्य झडप भएको हो ।

अहिले परिस्थिति नियन्त्रणमा आइसकेको छ सम्झाएर सीमामा रहेको मन्दिरमा बसाएका छौ त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महादेव भट्टले बताउनुभयो ।

कैलालीको अत्तरियाका भक्तराज भट्टले आफूहरुलाई नेपाल जान दिनुपर्ने माग गर्नुभयो । पाँच दिन लगाएर भारतको बैंगलोरबाट धनगढीको त्रिनगर नाका पुग्यौ तर अहिले आफनै देश जान नपाएर नाकामै अलपत्र छौ उहाँले भन्नुभयो ।

बैंगलोरस्थित होटलमा भएपछि घरमा आफू घर आएको उहाँले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेसंगै भारतका होटल, विद्यालय, संघ/संस्था बन्द अवस्थामा रहेका छन् । बझाङका कलक महताले पनि आफू बैगलोरबाट आएको बताउनुभयो कोरोना भाइरसका कारण होटल बन्द भएपछि घर फर्किए तर, यहाँ आफ्नै देशमा आएर दुःख पाइरहेको छु उहाँले भन्नुभयो ।


बैंगलोरबाटै फर्किएका केशव शर्माले हामी आफै अस्पताल गएर चेकजाँच गराउछौ भन्दा पनि नेपाल जान नदिनु दुखद भएको बताउनुभयो ।

भारतले आफनो क्षेत्रमा कडाई गरिरहेको समयमा पनि भारतको पलियाबाट ३५ किलोमिटर पैदल यात्रा गरेर सीमा पुगेको उहाँहरुको भनाइ छ । हामी क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर नेपाल जान दिनुपर्छ शर्माले बताउनुभयो । सीमामा अलपत्र रहेका धेरैले दुई दिनदेखि राम्रोसंग खाना पनि नपाएको बताएका छन् ।

भारतको मुम्बई, बैंगलोर, दिल्ली लगायतका स्थानमा काम गरिरहेका हजारौं नेपालीहरु अहिले त्रिनगर नाकामा रोकिएका छन् । नाकामा शशस्त्र, जनपथ प्रहरीहरुले उनीहरुलाई कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा प्रवेश गर्न दिएको छैन् । एक सुरक्षाकर्मीका अनुसार सोमबार राती उनीहरुलाई प्रहरी चाउचाउ र खानेपानीको व्यवस्था प्रहरीलेनै गरेको थियो ।

रातभर सीमामा रोकिएका उनीहरुले मंगलबार बिहानैदेखि घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न थालेका छन् । सीमामा अहिले पनि भारतको विभिन्न स्थानबाट आउने क्रम जारी रहेको जनाइएको छ ।

कैलाली सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले गृह मन्त्रालयको आदेश पर्खिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–पहिला सीमामा भएका नेपालीहरुलाई धनगढी ल्याउन दिनका लागि गृहको आदेश पर्खिरहेका छौं । गृहको आदेशपछि के गर्ने भन्नेबारे बैठक बसिरहेका छ । उहाँले गृहको आदेशपछि धनगढीमै चेकजाँच गर्ने वा सम्बन्धित जिल्लामा पठाउने बैठकपछि टुङ्गो लाग्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?