logo
२०८१ बैशाख १३ बिहीवार



यूएई १६० रनले पराजित, नेपाललाई सान्त्वना जित

फिचर |
खेलकुद |


यूएई १६० रनले पराजित, नेपाललाई सान्त्वना जित


प्रजित शाक्य
काठमाडौँ, भदौ २४ गते । कप्तान रोहित पौडेलको अर्धशतकीय पालिको सहयोगमा नेपालले मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएर्इ)लाई १६० रनले हराएर यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।
समूह बीमा सुरुका दुई खेल हारेर सेमिफाइनलको होडबाट वञ्चित भएका यी दुवै टिमले आज प्रतिष्ठाका लागि खेलेका थिए । नेपालको समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश र समूह ए बाट भारत र अफगानिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् ।
श्रीलङ्काको काटुनाएके स्थित फटिजेट स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८५ रनको विशाल योगफल तयार पारेको थियो । युएईको पालि जवाफमा ३४.४ ओभरमा १२५ रनमै समेटियो । यस उमेर समूहमा युएईविरुद्ध छ खेलमा नेपालको यो पाँचौँ जित भएको हो । गत अफ्रिलमा भएको पछिल्लो खेलमा भने नेपाल युएइसँग एक रनले पराजित भएको थियो ।
युएयलाई चाँडै आउट गर्नमा स्पीनर सागर ढकालले सर्वाधिक तीन विकेट लिनुभयो । यसैगरी, रसिद, सुर्य तामाङ र पवनले दुई– दई विकेट हात पार्नुभयो । कमलको भागमा पनि एक विकेट परेको थियो । युएयका लागि वृत्तिय अरविन्दले सर्वाधिक २८ रन बनाउनुभयो ।
प्रारम्भिक ब्याट्सम्यानदय रित गौतम र पवन सराफ दुवै रनको खाता नखोली पवेलियन फर्केपनि कप्तान रोहित, सन्दिप जोरा, आसिफ शेख, रसिद खान, कमल सिंह ऐरी र कुशल मल्लले ब्याट्बाट उपयोगी योगदान दिएपछि नेपालको पालि राम्रो भयो ।
दुवै प्रारम्भिक ब्याट्सम्यान आउट भएपछि रोहित र आसिफबीच तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्नु भयो । आसिफ ४५ रनमा आउट हुनुभयो । त्सपछि रोहितले सन्दीप जोरासँग तेज गतिमा ८५ रनको साझेदारी गरेपछि नेपाल विशाल स्कोरतर्फ अग्रसर भएको हो । रोहित ८३ बलमा आठ चौका र एक छक्कासहित ६७ रन बनाएर आउट हुनुभयो । सन्दिप दुई रनले अर्धशतक बनाउनबाट चुक्नुभयो । ५३ बलको पालिमा सन्दीप्ले छ चौका प्रहार गर्नुभयो । त्यसपछि कुशल मल्लले २१ –दुई छक्का, एक चौका), रसिद खानले ४४ (पाँच चौका, एक छक्का) र कमलले २६ बलमा ४१ (पाँच चौका, दुई छकका) रन बनाउनुभयो ।
युएईका लागि अक्षा ताहिर र संचित शर्माले तीन–तीन विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?