logo
२०८१ बैशाख ७ शुक्रवार



प्रभास र पूजाको 'राधे श्याम' लीक

मनोरञ्जन |


प्रभास र पूजाको 'राधे श्याम' लीक


काठमाडौं, फागुन २८ गते । दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेगडे अभिनीत फिल्म 'राधे श्याम' रिलिजको भोलिपल्टै लीक भएको छ । 'राधे श्याम' भारतीय सिनेमाकै महँगोमध्येको एक फिल्म हो ।

यससँगै अनुपम खेर अभिनीत द कश्मीर फाइल्स पनि पाइरेसीको शिकार भएको छ । दुबै फिल्म मार्च ११ मा हलमा रिलिज भएका थिए । मिडिया रिपोर्टका अनुसार द कश्मीर फाइल्सले पहिलो दिनमै तीन करोडभन्दा बढी कमाएको छ । उता, राधे श्यामले पनि हिन्दी बेल्टमा साढे चार करोडको ओपनिङ व्यापार गरिसकेको छ ।

'राधे श्याम' हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ । कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतिबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रभासले ज्योतिषीको भूमिका निर्वाह गरेका छन् ।

यस्तै, फिल्ममा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?