logo
२०८१ बैशाख ७ शुक्रवार



दक्षिण भारतीय फिल्म 'थिरीमाली'मा स्वस्तिमाको 'आइटम डान्स'

मनोरञ्जन |


दक्षिण भारतीय फिल्म 'थिरीमाली'मा स्वस्तिमाको 'आइटम डान्स'


काठमाडौं, माघ ९ गते । अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक हो ।

'रंग विरंगी रात फिरंगी' बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सटमा देख्दा मात्र पनि स्वस्तिमाका फ्यानहरु खुशी छन् ।

मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्म हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ । मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।

'रंग-बिरंगी' बोलको गीतमा बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ ।

फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्। यसमा जेभियर एलेक्स र राजीव शेट्टीको लेखन रहेको छ ।

नेपालका थुप्रै ठाउँका दृश्यहरू ट्रेलरमा देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ। यो फिल्म भने सन् २०२२ मा रिलिज हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?