logo
२०८० चैत्र १६ शुक्रवार



सरोगेसीबाट आमाबुवा बनेका बलिउड स्टार

मनोरञ्जन |


सरोगेसीबाट आमाबुवा बनेका बलिउड स्टार


काठमाडौं, माघ ९ गते । भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसीमार्फत छोरीको आमाबुवा बन्नुभएको छ । बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसले आफ्नो परिवार चलाउन सरोगेसी अपनाउनुभएको छ ।

शाहरुख खान

भारतीय अभिनेता शाहरुख खानलाई बलिउडका 'किङ खान'को नामले चिनिन्छ । शाहरुख खान पनि सरोगेसीमार्फत बुवा बनेका अभिनेता हुन् । गौरी खान र उहाँको दुई सन्तान आर्यन र सुहाना जन्मिसकेपछि सन् २०१३ मा उहाँहरुले कान्छो छोरा अबरामको लागि सरोगेसी रोज्नुभएको थियो ।

शिल्पा सेट्टी

भारतीय अभिनेत्री शिल्पा सेट्टी सन् २०२० मा सरोगेसीमार्फत दोस्रो पल्ट आमा बन्नुभएको थियो । शिल्पा र राज कुन्द्राले सरोगेसीमार्फत छोरी जन्माएका हुन् ।

करण जोहर

बलिउडका चर्चित चलचित्र निर्माता करण जोहरले पनि सरोगेसीमार्फत जुम्ल्याहा सन्तानका बुबा बन्नुभएको हो । उहाँ एकल पिता हुन् ।

सनि लियोन

सनि लियोन र उहाँका श्रीमान डेनियल वेबर सन् २०१८ मा सरोगेसी मार्फत जुम्ल्याहा छोराका आमाबुवा बन्नुभएको थियो ।

तूषार कपूर

नायक तुषार कपूर पनि सरोगेसीमार्फत छोराका बुवा बन्नुभएको हाे । उहाँ पनि एकल पिता हुन् ।

आमिर खान

बलिउडका चर्चित अर्का अभिनेता आमिर खानले पूर्वपत्नि किरण रावसँग सरोगेसीमार्फत छोरा जन्माउनुभएको थियो । आमिरको पहिलो श्रीमती रिना दत्तासँग दुई सन्तान जुनैद र आयरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?