logo
२०८१ बैशाख १२ बुधवार



विरेन रसाइलीको 'तिम्रो याद'

मनोरञ्जन |


विरेन रसाइलीको 'तिम्रो याद'


काठमाडौं, माघ ९ गते । गायक विरेन रसाइलीको स्वर रहेको 'तिम्रो याद' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

विजय अधिकारीको सङ्गीत, दिलीप घिमिरेले रचना गरेको गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ ।

छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो भने भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । यस्तै, भिडियोको निर्देशन प्रकाश धितालले गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?