logo
२०८१ बैशाख ८ शनिवार



फ्रान्सेली अभिनेता ग्यास्पर्ड उलिलको निधन

मनोरञ्जन |


फ्रान्सेली अभिनेता ग्यास्पर्ड उलिलको निधन


काठमाडौं, माघ ६ गते । मार्भल स्टुडियोको आगामी मिनी टिभी शृंखला 'मुन नाइट' का ३७ वर्षिय ग्यास्पर्ड उलिलको निधन भएको छ । रिपोर्टका अनुसार ग्यास्पर्डको मृत्यु स्की दुर्घटनामा भएको हो ।

ग्यास्पर्डका परिवारका अनुसार उहाँ दक्षिण–पूर्वी फ्रान्समा स्कीइङ गर्ने क्रममा दुर्घटनामा पर्नुभएको हो । उहाँको टाउकोमा चोट लागेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो र निको नभएको अभिनेताको परिवार र स्थानीय एजेन्टले जनाएकाे छ ।

साभोई क्षेत्रमा भिरालोमा ठोक्किएपछि उहाँलाई हेलिकप्टरबाट ग्रेनोबलको अस्पतालमा लगिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?