logo
२०८१ बैशाख ८ शनिवार



साउथका स्टार धनुष र ऐश्वर्याको सम्बन्ध विच्छेड

मनोरञ्जन |


साउथका स्टार धनुष र ऐश्वर्याको सम्बन्ध विच्छेड


काठमाडौं, माघ ४ गते । साउथका स्टार धनुष र सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले विवाह गरेको १८ वर्षपछि अलग हुने निर्णय गर्नुभएको छ । यो कुराको जानकारी जोडीले सामाजिक सञ्जालमार्फत दिनुभएको हो ।

धनुष र ऐश्वर्यालाई साउथको पावर जोडी मानिन्थ्यो । यो खबर बाहिर आएपछि दुबैका फ्यानहरु स्तब्ध छन् र सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

आफूहरु सहमतिमा नै अलग भएको भन्दै धनुषले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?